च्याम्पियन्स लिगः एटलान्टामाथि बायर्न म्युनिखको सानदार जित, समग्रमा १०–२ को नतिजासहित क्वार्टरफाइनलमा
सारांश
- बायर्न म्युनिखले च्याम्पियन्स लिगमा एटलान्टालाई ४-१ ले हरायो, समग्रमा १०-२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गर्यो।
- ह्यारी केनले दुई गोल गरे, लेनार्ट कार्ल र लुइस डियाजले एक-एक गोल थपे, जसले बायर्नको जित सुनिश्चित गर्यो।
- पहिलो लेगमा ६-१ को जित निकालेको बायर्नले दोस्रो लेगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनायो।
काठमाडौं । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा जर्मन महारथी बायर्न म्युनिखले इटालियन क्लब एटलान्टामाथि ४–१ को सहज जित दर्ता गरेको छ । यससँगै बायर्नले समग्रमा १०–२ को फराकिलो अन्तरको नतिजासहित प्रतियोगिताको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि स्टार स्ट्राइकर ह्यारी केनले दुई गोल गरे । उनले खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।
त्यसको दुई मिनेट लगत्तै ५६औँ मिनेटमा लेनार्ट कार्लले गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए । खेलको ७०औँ मिनेटमा लुइस डियाजले अर्को गोल थपेपछि बायर्न पूर्ण रूपमा हाबी भएको थियो । एटलान्टाका लागि खेलको ८५औँ मिनेटमा लाजार सामार्डजिकले एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।
पहिलो लेगमा ६–१ को विशाल जित निकालेको बायर्नले दोस्रो लेगमा पनि सोही लयलाई कायम राख्दै समग्रमा १० गोल गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण