प्रतिवेदन बुझाएसँगै सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो
सारांश
- निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन बुझायो।
- नयाँ सरकार गठन र सांसदहरूको शपथ लिने बाटो खुलेको छ, जसको लागि तयारी सुरु भयो।
- रास्वपाले प्रतिनिधिसभामा बहुमत ल्याएको छ र सरकार बनाउने तयारी गरिरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ । आयोगले बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर निर्वाचनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको हो ।
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको आयोगले जनाएको छ ।
यो सँगै राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि प्रयास गर्ने र संसद् सचिवालयले शपथलगायतका काम गर्ने बाटो खुलेको छ । सङ्घीय संसद् सचिवालयले चैत १२ गते २ बजे नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिसकेको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहज बहुमत (२ सिट कम दुई तिहाइ) ल्याएको छ । १८२ सिट जितेको रास्वपाले एकल सरकार बनाउने तयारी गर्नेछ । पार्टीले निर्वाचनका क्रममा नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासामु गएको थियो ।
संविधानको धारा ७६ को उपधारा (१) बमोजिम अब रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति यसैलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेकाले अब त्यो काम गर्नका लागि शपथ कुरिरहनु नपर्ने जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण