हुण्डी र क्रिप्टो कारोबारीको खातामा २० करोड ९६ लाख कारोबार
सारांश
- काठमाडौंमा हुण्डी र क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूको घरबाट १ करोड १६ लाख नगद बरामद गरेको छ, र २० करोड ९६ लाखको क्रिप्टो कारोबार गरेको फेला पारेको छ।
- पक्राउ परेका व्यक्तिहरूले ईसेवा र बैंक खाताहरू प्रयोग गरी कारोबार गरेको र मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा घर भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भीमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षका प्रमोद प्रसाद धिताल चैत २ मा पक्राउ परेका थिए ।
उनीहरूले हुण्डी र क्रिप्टो कारोबार गरेको आरोप छ । आरोपितहरूको घरबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले १ करोड १६ लाख नगद बरामद गरेको थियो ।
बरामद रकम आरोपितहरूले क्रिप्टो कारोबार मार्फ
त आर्जन गरेर आफ्नो बैंक खातामा ट्रान्सफर गरेर निकालेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
आरोपितद्वय गिरी र धितालले क्रिप्टो कारोबार पनि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूको ल्यापटप, मोबाइल र बैंक खाताको विवरण हेर्दा अहिलेसम्म उनीहरूले २० करोड ९६ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको एसपी भट्टराईले जानकारी दिए । उनले भने, ‘आरोपितहरूको खातामा २० करोड ९६ लाख ट्रान्जेक्सन देखिएको छ ।’ सो रकम उनीहरूले क्रिप्टो मार्फत कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीका अनुसार प्रमोदको मोबाइलमा ‘बायनान्स’ अकाउन्ट खोलेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार बायनान्स अकाउन्ट मार्फत क्रिप्टो काराबोर गर्ने गरिन्छ ।
आरोपितहरूले सात–आठ वटा ईसेवा अकाउन्ट खरिद गरेर ती अकाउन्टमार्फत कारोबार गर्ने गरेको भेटिएको छ । एसपी भट्टराईका अनुसार उनीहरूले डार्कवेब मार्फत ती अकाउण्ट खरिद गरेका हुन् । प्रहरीले ती खाताबारे यकिन विवरण माग गर्दै ईसेवालाई पत्राचार गरेको छ । उनीहरूले ६ वटा बैंक खाता मार्फत कारोबार गर्ने गरेका थिए ।
आरोपित दुवैले १० कक्षासम्ममात्र पढेका छन् । उनीहरूको मोबाइल फरेन्सिक परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण