सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : शाह
शनिबार, ०७ चैत २०८२, १० : ०२
सारांश
- रास्वपा नेता बालेन्द्र शाहले सद्भाव, सहिष्णुता र सहकार्यबाट देश अघि बढ्ने बताए।
- ईदको अवसरमा शुभकामना दिँदै उनले विविधताको सम्मान गर्न आग्रह गरे।
- उनले आपसी सम्मान, समझदारी र एकताले समाज सुदृढ हुने विश्वास व्यक्त गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् ।
ईद–उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– 'धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।'
उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण