प्रहरी निरीक्षक पौडेल पुरस्कृत
शनिबार, ०७ चैत २०८२, ११ : ३२
सारांश
- इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल सम्मानित भएका छन्।
- निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खेलेको भूमिकाको लागि उनलाई नगद पुरस्कार प्रदान गरिएको हो।
- उनले सुरक्षा व्यवस्थापन र समन्वयमा उत्कृष्ट कार्यसम्पादन गरेका थिए।
पर्सा । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल सम्मानित भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गराउन सफल भूमिका निर्वाह गरेको भन्दै पौडेल नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।
निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाएको र सम्भावित जोखिमलाई समयमै नियन्त्रणमा लिन खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उनलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले सम्मान गरेको हो ।
पौडेल मधेस प्रदेशमा रहेका इलाका प्रहरी कार्यालयका प्रमुखहरू मध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भई पुरस्कृत भएका हुन्। उनले स्थानीय तहदेखि मतदाता र सरोकारवालासँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न उनले विशेष पहल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण