जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
बैतडी । जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । दोगडाकेदार गाउँपालिका-३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो ।
सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने शल्यक्रिया सफल भएको हो । सानो चिरा पारेर गरिने शल्यक्रिया यहाँका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिृ । “हामीले हाडजोर्नीको जटिल शल्यक्रिया अस्पतालमा गर्न सफल भएका छौँ । यसले यहाँका सेवाग्राहीलाई सहज हुने भएको छ”, उनले भने ।
यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने जनाउँदै उहाँले सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा जोशीले बताए। हाडजोर्नी विषेशज्ञ डा दीपेन्द्र भण्डारी र जनरल फिजिसियन जोशीलगायत टोलीले उक्त शल्यक्रिया गरेका हुन् । हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने छन् ।
जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण