बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मिनाको गीत ‘मह भन्दा गुलियो’मा ‘कक्रोज’को अभिनय

मङ्गलबार, १० चैत २०८२, ११ : ०१
मङ्गलबार, १० चैत २०८२

काठमाडौँ । गायिका मिना राई र गायक निर्वाण निश्चल राईको स्वर रहेको गीत ‘मह भन्दा गुलियो’ दर्शकमाझ आएको छ । डिपी खनालको शब्द, देवेन्द्र बरालको संगीत रहेको गीतमा संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ विश्व अधिकारीको छ ।

भिडियोमा चर्चित कलाकार हरिष निरौला ‘कक्रोज’ देखिएका छन् । उनीसँगै तृष्णा बराइली, मनि राई र शशिकला तामाङको पनि अभिनय देख्न सकिन्छ ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । अनिल कोयी राईको सम्पादन रहेको भिडियो अमृत चापागाईंले गरेका हुन् । पूर्वेली भाका र रमाइलो दृश्यका कारण यो भिडियोले छोटो समयमै चर्चा पाउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप