रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
मङ्गलबार, १० चैत २०८२, ११ : २५
सारांश
- रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुटवलका २१ वर्षीय युवकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका उमेश गुप्तालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे।
- प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा सवारी दुर्घटना हुँदा बुटवलका २१ वर्षीय एक युवाले ज्यान गुमाएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको दुर्घटनामा परी ज्यान गएको हो ।
आज बिहान भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका उनलाई उद्धार गरी थप उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरी र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण