सचेतनामुलक कार्यक्रमहरू गर्दै एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी विक’
सारांश
- एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२६ विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्दै मनायो।
- बैंकले देशभरका शाखाहरूमार्फत वित्तीय साक्षरताका कार्यक्रमहरू गर्दै युवा र विद्यार्थीलाई लक्षित गर्यो।
- कार्यक्रममा ३ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय ज्ञान र सुरक्षित कारोबारबारे जानकारी गराइएको थियो।
काठमाडौँ । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको संयोजनमा साताव्यापी ग्लोबल मनी विक २०२६ विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्दै मनाएको छ। चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको यस अभियान अन्तर्गत बैंकले देशभरका आफ्ना शाखाहरूमार्फत वित्तीय साक्षरताका विविध कार्यक्रमहरू सम्पन्न गरेको हो।
युवा र विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले वित्तीय व्यवस्थापन र बैंकिङ प्रणालीबारे सचेतना जगाउने लक्ष्य राखेको थियो। ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा बैंकले साक्षरता कक्षा सञ्चालन गरेको थियो।
यस क्रममा ३ हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय ज्ञान, सीप र बचत गर्ने सही तरिकाबारे जानकारी गराइएको छ। कार्यक्रममा सहभागी केही विद्यार्थीहरूलाई बैंकको शाखामै लगेर बैंकिङ सेवाहरू कसरी सञ्चालन हुन्छन् भन्नेबारे व्यावहारिक अनुभव समेत प्रदान गरिएको बैंकले जनाएको छ।
सचेतना कार्यक्रममा विशेष गरी सुरक्षित डिजिटल कारोबार, वित्तीय समावेशीकरण र बैंकले प्रदान गर्ने सेवाहरू लिँदा अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको थियो।
आजको डिजिटल युगमा अनलाइन बैंकिङ र मोबाइल बैंकिङ प्रयोग गर्दा हुन सक्ने जोखिम र त्यसबाट बच्ने उपायहरूका बारेमा समेत विज्ञहरूले जानकारी दिएका थिए। युवा पुस्तामा वित्तीय अनुशासन कायम गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण