सर्लाही नाकाबाट तस्करी बढ्दो, ३५ क्विन्टल स्याउसहित दुई पिकअप नियन्त्रणमा
सारांश
- सर्लाहीका सीमा नाकाहरूबाट अवैध तस्करी बढ्दो छ, जसमा भारतीय र विदेशी सामानको ओसारपसार भइरहेको छ।
- हनुमाननगर नाकामा एसएसबीले ठूलो परिमाणमा तस्करीको सामान नियन्त्रणमा लिएको छ, जसमा ३,५१५ केजी चिनियाँ स्याउ थियो।
- नियन्त्रणमा लिइएका स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको छ।
सर्लाही । सर्लाही जिल्लाका विभिन्न नेपाल–भारत सीमावर्ती नाकाहरू हुँदै अवैध तस्करीका गतिविधि बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय विदेशी तथा भारतीय सामानहरू ठूलो परिमाणमा चोर बाटो प्रयोग गरी ओसारपसार भइरहेको छ।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका सामान नेपाल–भारतबीच तस्करी हुने गरेको जनाइएको छ । सीमाक्षेत्रका बासिन्दाका अनुसार राति तथा बिहानको समयमा बढी मात्रामा तस्करी हुने गरेको छ ।
यसैबिच भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५१औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ । एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चाइनिज स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण