यातायात विभागद्वारा छापिएका १०७७ थान लाइसेन्स सार्वजनिक
राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित हुन आग्रह
बुधबार, ११ चैत २०८२, ११ : २५
सारांश
- यातायात व्यवस्था विभागले १०७७ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ।
- विभागले लाइसेन्स लिन आउँदा आवश्यक कागजात ल्याउन आग्रह गरेको छ।
- आगजनीका कारण रोकिएको लाइसेन्स छपाइ हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ।
काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका १०७७ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । बुधवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।
साथै, विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ । विभागले भनेको छ, ‘कृपया सवारी चालक अनुमति पत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमति पत्र समेत लिई आउनुहोला ।’
विभागले तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्दै आएको छ ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो । हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण