‘कान्तारा’ विवाद : रणवीर सिंहले अदालतमा माफी माग्ने
सारांश
- रणवीर सिंहले 'कान्तारा' को दैवा दृश्यको नक्कल गर्दा कन्नड समुदायको भावनामा चोट पुर्याएको आरोप लागेको छ।
- कानुनी झमेलाबाट बच्न अभिनेता सिंहले कर्नाटक उच्च अदालतमा बिना शर्त माफीनामा बुझाउने भएका छन्।
- यो विवाद गत नोभेम्बरमा गोवामा आयोजित फिल्म फेस्टिभलमा रणवीरले गरेको कार्यबाट सुरु भएको थियो।
बैंगलोर । बलिउड अभिनेता रणवीर सिंहले फिल्म ‘कान्तारा’ को प्रसिद्ध दैवा दृश्यको नक्कल गरी कन्नड समुदायको भावनामा चोट पुर्याएको भन्दै अप्रिल १० मा कर्नाटक उच्च अदालतमा बिना शर्त माफीनामा बुझाउने भएका छन्। उनीविरुद्ध परेको एफआईआरपछि कानुनी झमेलाबाट बच्न अभिनेताले यस्तो कदम चाल्न लागेका हुन्।
अदालतमा सुनुवाइको क्रममा रणवीरका वकिलले अभिनेता स्वयम् मैसुरको चामुन्डी मन्दिर गएर व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको प्रस्ताव समेत राखेका छन्। यसअघि फेब्रुअरीमा उच्च अदालतले रणवीरलाई ठूलो राहत दिँदै उनी विरुद्ध कुनै कडा कारवाही नगर्न निर्देशन दिएको थियो।
यो विवाद गत नोभेम्बरमा गोवामा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आईएफएफई) बाट सुरु भएको थियो। कार्यक्रमको मञ्चमा रणवीरले ऋषभ शेट्टीको आइकनिका दैवा दृश्यको नक्कल गरेका थिए। उनले कान्तारामा देखाइएको चामुन्डा देवीको पात्रको मजाक उडाएको भन्दै सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको थियो।
भिडियोमा रणवीरले ऋषभ शेट्टीलाई सम्बोधन गर्दै फिल्मको प्रशंसा त गरे, तर सोही क्रममा देवीको पात्रलाई महिला भूत भन्दै नक्कल गरेका थिए। ऋषभ शेट्टीले उनलाई रोक्ने प्रयास गरे पनि रणवीरले मञ्चबाट ओर्लिएपछि पनि सोही हर्कत दोहोर्याएका थिए।
यसअघि रणवीरले इन्स्टाग्राममार्फत सार्वजनिक माफी मागेका थिए। उनले आफ्नो उद्देश्य ऋषभको अभिनयको प्रशंसा गर्नु मात्र रहेको र कसैको आस्थामा चोट पुर्याउने नियत नभएको स्पष्ट पारेका थिए। तर, उजुरीकर्ता एवं अधिवक्ता प्रशान्त मेथलले उक्त माफीलाई देखावटी मात्र भएको बताएका छन्। उनले इन्स्टाग्राममा लेख्नु र अदालतमा आएर वा व्यक्तिगत रूपमा माफी माग्नु फरक कुरा भएको भन्दै रणवीरको आलोचना गरेका थिए।
अहिले आएर कानुनी दबाब बढेपछि रणवीरले अदालतमा औपचारिक रूपमै लिखित माफी माग्ने निर्णय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण