पक्राउ
बौद्धबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार, ११ चैत २०८२, २३ : ०५
सारांश
- काठमाडौंको बौद्धबाट प्रहरीले खैरो हेरोइन सहित दुई युवालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापा र सिन्धुपल्चोकका युवकहरू रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट लागुऔषध र गोली बरामद गरेको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौंको बौद्ध स्थित आरुबारीबाट प्रहरीले खैरो हेरोइन सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापामा घर भएर महांकाल बस्ने २४ वर्षीय सुनिल शान्थल र सिन्धुपल्चोकको मेलम्ची घर भएर कपन बस्ने २९ वर्षीय सुदिप बन्जरा छन् ।
उनीहरूको साथबाट लागुऔषध (खैरो हेरोइन) र डेराबाट १ थान गोली (जङ्गी राउन्ड) बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मंगलबार पक्राउ परेका शान्थलको साथबाट प्रहरीले २.२९ ग्राम खैरो हेरोइन र बन्जराको डेराबाट १०.५१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । जङ्गी राउन्ड बन्जराको डेरामा भेटिएको एसपी भट्टराईले बताए । आरोपीहरूमाथि प्रहरी र्वत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण