बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

केदारनरसिंह केसी कांग्रेसका सहमहामन्त्री !

बिहीबार, १२ चैत २०८२, ११ : ३९
बिहीबार, १२ चैत २०८२

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेभ पोर्टल नेपाली कांग्रेस डट ओआरजीमा केदारनरसिंह केसी सहमहामन्त्री रहेको उल्लेख छ । 

यो समाचार तयार पार्दा केन्द्रीय सदस्यहरूको लहरमा उनको नाम छ । तर, अरूको नाम तल केन्द्रीय सदस्य लेखिएको छ, उनको नामको तल सहमहामन्त्री लेखिएको छ । 

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनले चयन गरेका ८ सहमहामन्त्रीमा उनको नाम छैन । 

अधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको सूचीमा केसीको नाम खुल्ला तर्फको केन्द्रीय सदस्यमा छ । तर, वेभसाइटमा भने सहमहामन्त्री राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप