सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मेरो काम शिक्षाबाट राजनीति हटाउने हुनेछ : महावीर पुन

बिहीबार, १२ चैत २०८२, १४ : ०२
बिहीबार, १२ चैत २०८२

सारांश

  • नवनिर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिने बताए।
  • उनले शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य रहेको जनाए।
  • भविष्यको भूमिकाबारे अहिले नै ठोकुवा गर्न नसकिने पुनले बताए।

काठमाडौँ । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको मुख्य प्राथमिकता शिक्षा क्षेत्रको सुधार हुने स्पष्ट पारेका छन्। सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए।

‘गर्नुपर्ने काम त टन्नै छन्, भनिसाध्य छैन,’ उनले भने, ‘तर खासगरी शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ।’

उनले आफू पहिलेदेखि नै जिन्दगीमा जे आइपर्छ, त्यही गर्ने र आइपरेका चुनौतीबाट पछि नहट्ने स्वभावको भएको उल्लेख गरे। भविष्यमा आफ्नो भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न नसकिने उनको भनाइ छ।

‘भविष्यको कुरा कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा हुन्छ होला,’ पुनले थपे,  ‘त्यसैले अहिल्यै म यसो गर्छु, उसो गर्छु भनेर ठुला कुरा गर्नुको अर्थ छैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप