बालेनलाई पाकिस्तानी समकक्षीको बधाई : मिलेर क्षेत्रीय शान्ति र समृद्धिमा काम गरौँ
सारांश
- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालका प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
- शरिफले रास्वपाको जित र नेपालसँगको सम्बन्धलाई महत्त्व दिँदै आगामी सहकार्यको प्रतिबद्धता जनाए।
- उनले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन र क्षेत्रीय शान्ति स्थापनामा मिलेर काम गर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सानदार जितपछि नेपालको प्रधानमन्त्री बनेका बालेन्द्र (बालेन) शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बधाई दिएका छन्। शरिफले आफ्नो सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै नयाँ प्रधानमन्त्री बालेनलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै पाकिस्तानी प्रधानमन्त्री शरिफले चुनावमा रास्वपाले हासिल गरेको ऐतिहासिक र भारी जितको चर्चा गरेका छन्। चुनावमा सानदार जित निकालेर सरकारको नेतृत्व सम्हालेका बालेनलाई उनले पाकिस्तानी सरकार र जनताको तर्फबाट बधाई ज्ञापन गरे।
सन्देशमा उनले पाकिस्तानले नेपालसँगको आफ्नो वर्षौँ पुरानो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिने कुरा स्पष्ट पारेका छन्। आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन आफू नयाँ प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्न आतुर रहेको शरिफले बताए।
उनले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सहकार्यलाई अझै विस्तार गर्दै आपसी हितका क्षेत्रमा सँगै अघि बढ्ने प्रतिबद्धतासमेत जनाए। यसका साथै, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्यहरू प्राप्त गर्नका लागि बालेनको नेतृत्वमा रहेको नेपाल सरकारसँग मिलेर अघि बढ्ने शरिफको भनाइ छ।
दक्षिण एसियाली क्षेत्रमा शान्ति र विकास कायम गर्न दुवै देशका साझा एजेन्डा रहेको र त्यसलाई सार्थक बनाउन नयाँ नेतृत्वसँगको सहकार्य फलदायी हुने विश्वास उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण