महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत
शुक्रबार, १३ चैत २०८२, १९ : ३५
सारांश
- महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
- भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी थिइन्।
- नयाँ प्रधानमन्त्री आएपछि र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले राजीनामा दिएकी हुन्।
काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
भण्डारीले आज मात्रै पदबाट राजीनामा दिएकी थिइन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् ।
भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए।
नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण