राजनीति
लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेस नेताहरू परामर्शमा
शनिबार, १४ चैत २०८२, ०९ : ०२
१
सारांश
- पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कांग्रेस नेताहरू परामर्शमा जुटेका छन्।
- पार्टी प्रवक्ताका अनुसार, सांसदहरूको अभिमुखीकरण कार्यक्रम अगाडि पार्टीको धारणा सार्वजनिक गरिनेछ।
- लेखकलाई गत भदौमा भएको जेन्जी आन्दोलनको समयमा पक्राउ गरिएको थियो।
काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कांग्रेस नेताहरू परामर्शमा जुटेका छन्। लेखक पक्राउ परेपछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबिच परामर्श भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनले बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको र त्यस अगाडि लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने रातोपाटीलाई जानकारी दिए।
उनले भने-'अहिले हामी परामर्शमा छौँ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूका लागि परामर्श राखिएको छ, त्यस अगाडि पार्टीको धारणा बाहिर ल्याउँछौँ। '
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जे स्थिति निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण