जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा १ जनाको मृत्यु
जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
गए राति करिब १ः ०० बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए । सुर्खेत बस्दै आएका उनी एसइइ परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए ।
जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का उठाउन थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटनास्थल पुगेका वडाध्यक्ष धनबहादुर शाहीका अनुसार घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको हुनसक्छ । उनका बुबा भारतमा र आमा जिल्ला बाहिर रहेका छन् ।
खत्रीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण