नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ
शनिबार, १४ चैत २०८२, १५ : ४७
सारांश
- एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।
- ललितपुर प्रहरीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो।
- एक युवतीले मल्लविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् र घटना बालकुमारीको एक होटलमा भएको बताइएको छ।
काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप छ ।
पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएकी थिइन् भने पछि उनले बलात्कारको जाहेरी ल्याएकी थिइन्। पीडित महिला कालिकोटकी स्थानीय हुन् ।
*यसअघि असावधानीवश राखिएकोमा तस्बिरप्रति क्षमा माग्दै हटाइएको छ – सम्पादक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण