पश्चिम एसियाका इजरायली र अमेरिकी विश्वविद्यालयलाई निशाना बनाउने इरानको चेतावनी
सारांश
- इरानको आईआरजीसीले पश्चिम एसियाका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।
- तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा आक्रमण भएपछि यस्तो चेतावनी आएको हो।
- आईआरजीसीले अमेरिकी विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई १ किलोमिटर टाढा बस्न आग्रह गरेको छ।
तेहरान । इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पश्चिम एसिया क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ । यो चेतावनी तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी तेहरानमा आक्रमणपछि आएको हो ।
आईआरजीसीले एक वक्तव्य जारी गर्दै क्षेत्रका सबै विश्वविद्यालयहरूलाई वैध लक्ष्य मानिने जनाएको छ । उसले इरानी विश्वविद्यालयहरूमा भएको आक्रमणको बदलामा दुई विश्वविद्यालयमा प्रहार नभएसम्म यस्तो अवस्था कायम रहने चेतावनी दिएको छ । वक्तव्यमा भनिएको छ, ‘हामी क्षेत्रका अमेरिकी विश्वविद्यालयका कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपासका बासिन्दालाई सुरक्षा सुनिश्चित गर्न यस्ता विश्वविद्यालयहरूबाट कम्तीमा १ किलोमिटर टाढा बस्न सल्लाह दिन्छौँ ।’
साथै, आईआरजीसीले अमेरिकाले इरानी विश्वविद्यालयहरूमा भएको बम आक्रमणको निन्दा नगरेमा अमेरिकी संस्थाहरू पनि प्रतिकारको निशानामा पर्न सक्ने चेतावनी दिएको छ । यसका लागि उसले मार्च ३० अर्थात् मंगलबार दिउँसो १२ बजेसम्मको समयसीमा तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण