साउदी विदेशमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीबिच भेट
सारांश
- साउदी विदेश मन्त्री र पाकिस्तानी प्रधानमन्त्रीबीच इस्लामवादमा भेटवार्ता भयो।
- भेटमा, प्रधानमन्त्री शरीफले मध्यपूर्व संकटमा साउदी अरबको साथमा पाकिस्तान रहेको प्रतिबद्धता जनाए।
- बैठकमा, पाकिस्तानले तनाव कम गर्न र अमेरिका-इरानलाई वार्तामा ल्याउन गरेको कूटनीतिक प्रयासबारे छलफल भयो।
काठमाडौँ । साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहानले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग आइतबारर इस्लामवादमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको सो भेटमा प्रधानमन्त्री शरीफले मध्यपूर्वमा जारी संकटका बिच पाकिस्तान सधैँ साउदी अरबको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बीबीसी उर्दू सेवाका अनुसार, प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शरीफले मध्यपूर्वको संकटमा साउदी अरबले देखाएको असाधारण संयम को प्रशंसा गरेका छन् । उनले पाकिस्तान सधैँ साउदी अरबको साथमा उभिने आश्वासन दिएका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री शरीफले साउदी विदेश मन्त्रीलाई हालको संकटका दौरान पाकिस्तानले गरिरहेका कूटनीतिक प्रयासहरूबारे जानकारी गराएका थिए । यसमा तनाव कम गर्ने तथा अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन गरिएका प्रयासहरू समावेश छन् ।
उक्त उच्चस्तरीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इशाक डार, राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल मुहम्मद आसिम मलिक र प्रधानमन्त्रीका विशेष सहायक तारिक फातेमी पनि उपस्थित थिए ।
यसअघि, मध्यपूर्वमा जारी संघर्षका विषयमा पाकिस्तान, टर्की, इजिप्ट र साउदी अरबका विदेश मन्त्रीहरूले पनि एक महत्त्वपूर्ण बैठक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण