ग्रिनले किन बलिङ गरेनन् ? कप्तान रहाणेले भने - क्रिकेट अस्ट्रेलियालाई सोध्नुहोस् !
सारांश
- मुम्बई इन्डियन्सले १३ वर्षपछि घरेलु मैदानमा आईपीएलको पहिलो खेल जित्यो, कोलकातालाई पराजित गर्दै सुखद सुरुवात गर्यो।
- रोहित शर्मा र रायन रिकलटनको अर्धशतकको मद्दतले मुम्बईले २२१ रनको लक्ष्य सफलतापूर्वक पछ्यायो, जुन आईपीएल इतिहासकै सबैभन्दा ठूलो रन चेज हो।
- कोलकाताका क्यामरन ग्रिनले बलिङ नगर्दा हारको कारण बन्यो, कप्तान रहाणेले जवाफ क्रिकेट अस्ट्रेलियालाई सोध्न आग्रह गरे।
मुम्बई । मुम्बई इन्डियन्सले आफ्नो घरेलु मैदान वाङखेडेमा १३ वर्षदेखि चलिआएको एउटा खराब सिलसिला तोडेको छ। सन् २०१३ देखि आईपीएलको सिजनको पहिलो खेल जित्न नसकेको मुम्बईले आइतबार राति कोलकता नाइट राइडर्सलाई हराउँदै सुखद सुरुवात गरेको हो।
रोहित शर्मा र रायन रिकलटनको सानदार अर्धशतकको मद्दतले मुम्बईले २२१ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको छ, जुन मुम्बईको आईपीएल इतिहासकै सबैभन्दा सफल रन चेज पनि हो। कोलकताले पहिले ब्याटिङ गर्दै अजिंक्य रहाणे र ए. रघुवंशीको अर्धशतकको मद्दतले ठुलो स्कोर खडा गरे पनि उसका बलरहरूले त्यसलाई जोगाउन सकेनन्।
कोलकताले अक्सनमा २५ करोड २० लाख भारुमा किनेका महँगा खेलाडी क्यामरन ग्रिनले खेलमा बलिङ नगर्दा हारको एउटा कारण बनेको विश्लेषण गरिएको छ। म्याच पछिको प्रस्तुतिमा कोलकताका कप्तान रहाणेले ग्रिनको बलिङबारे सोधिएको प्रश्नमा ‘यसको जवाफ क्रिकेट अस्ट्रेलियासँग सोध्नुहोस्’ भन्दै दिएको जवाफले धेरैलाई अचम्ममा पारेको छ।
ग्रिन भर्खरै चोटबाट फर्किएकाले उनलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले केवल ब्याटिङका लागि मात्र अनुमति दिएको हुन सक्ने अनुमान गरिएको छ। ग्रिनले पछिल्ला आठ खेलमा मात्र ७.१ ओभर बलिङ गरेका छन् भने आईपीएलको अभ्यास सत्रमा पनि उनलाई बलिङ गरेको देखिएको छैन।
कप्तान रहाणेले ग्रिनले बलिङ सुरु गरेपछि मात्र टोलीको बलिङ कम्बिनेशन सन्तुलित हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण