अदालत
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
सोमबार, १६ चैत २०८२, १५ : ४६
सारांश
- सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
- अदालतले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ।
- गैरकानुनी थुनामा राखिएको भन्दै लेखकलाई रिहाइ गर्न माग गरिएको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण