सुटिङका क्रममा समुद्रमा डुबेर अभिनेता राहुल बनर्जीको निधन
सारांश
- बंगाली अभिनेता राहुल अरुणोदय बनर्जीको ओडिसाको समुद्र तटमा सुटिङका क्रममा डुबेर निधन भयो।
- चलचित्रको छायांकनका लागि स्थानीय अनुमति नलिइएको र सह-अभिनेत्रीलाई जीवितै उद्धार गरिएको थियो।
- प्रहरीले सुटिङको अनुमति नलिइएकाले थप कानुनी कारबाही अगाडि बढाएको छ, र उनको परिवारले गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।
कोलकाता । बंगाली सिनेमाका चर्चित अभिनेता राहुल अरुणोदय बनर्जीको ओडिसाको तलसरी समुद्र तटमा सुटिङका क्रममा डुबेर असामयिक निधन भएको छ। टेलिभिजन शो ‘भोले बाबा पार करेगा’ को छायाङ्कन भइरहेका बेला भएको यो दुर्घटनामा राहुलको ज्यान गएको हो भने उनकी सह-अभिनेत्री श्वेता मिश्रालाई भने जीवितै उद्धार गरिएको छ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट फिल्मको निर्माण टोलीले सुटिङका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति नलिएको र जानकारी समेत नगराएको गम्भीर तथ्य बाहिर आएको छ। बालासोर ओडिसाका प्रहरी उपरीक्षकका अनुसार राहुल र श्वेता साँझ साढे ५ बजेतिर घुँडासम्मको पानीमा नाच्ने दृश्यको छायाङ्कन गरिरहेका थिए। सोही क्रममा उनीहरू एक्कासि समुद्री खाडलमा परेपछि यो दुर्घटना भएको हो।
निर्माण टोलीले उनलाई तुरुन्तै दीघा अस्पताल पुर्याए पनि डाक्टरहरूले बचाउन सकेनन्। प्रहरीले सुटिङको अनुमति नलिइएकाले यस विषयमा तलसरी र दीघा प्रहरीले संयुक्त रूपमा थप कानुनी कारबाही अगाडि बढाएको जानकारी दिएको छ। यद्यपि, मृतकका सह-कलाकार दिंगता बागचीले भने सुटिङ सकिएपछि राहुल एक्लै समुद्रमा गएको दाबी गरेका छन्, तर प्रहरीले सुटिङकै क्रममा दुर्घटना भएको बताएको छ।
यस घटनापछि अभिनेता राहुलकी पत्नी तथा अभिनेत्री प्रियंका सरकारले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारको गोपनियता र संवेदनशीलताको सम्मान गरिदिन अपिल गरेकी छिन्। उनले यो समय आफ्नो परिवार, सानो बच्चा र आमाका लागि निकै कठिन रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई अनावश्यक दखल नदिन र शान्तिपूर्वक शोक मनाउन दिन आग्रह गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण