डेढ करोडभन्दा बढी ठगी गर्ने पहाडी पक्राउ
मङ्गलबार, १७ चैत २०८२, ११ : ०८
सारांश
- ललितपुर प्रहरीले सहकारी ठगी मुद्दाका फरार पुरुषोत्तम पहाडीलाई पक्राउ गरेको छ।
- पहाडीलाई पाटनढोकाबाट पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरिएको छ।
- उनले १ करोड ६२ लाख रुपैयाँ बढी ठगी गरेको आरोप छ, जसमा २० जनाले किटानी जाहेरी दिएका छन्।
काठमाडौँ । सहकारी ठगी मुद्दाका फरार प्रतिवादी पुरुषोत्तम पहाडीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नं. ३ पाटनढोकाबाट चैत १५ गते नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायतको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। पहाडीमाथि हालसम्म २० जनाले किटानी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार उनले कुल १ करोड ६२ लाख ६५ हजार ९ सय २० रुपैयाँ बिगो बराबरको ठगी गरेको देखिएको छ। पक्राउ परेका पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
उनीमाथि लागेको ठगी मुद्दाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सर्यो मतदानको समय
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण