स्मार्ट होटलमा भेला हुँदै देउवा-शेखर समूह
सारांश
- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको बैठक बस्दैछ।
- बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा दायर रिटबारे छलफल हुनेछ।
- देउवा-शेखर समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहकाे केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको हो ।
_cWmJh5ank2.jpg)
‘१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ,’ निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले भनिन् । कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।
_4qrNol3hWA.jpg)
बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने लक्ष्मीले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
_tVi3vv3Vbc.jpg)
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।
_4B753v22hT.jpg)
_Rvs5Q234e9.jpg)
_nfU58D6pss.jpg)
_W9KknxNYHu.jpg)
_HUNzSwLpUH.jpg)
_WhxfnpiWxE.jpg)
_NA0k6hZU9g.jpg)
_maU88yenLG.jpg)
_H6a7xcrC6l.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण