होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
काठमाडौँ। नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होण्डाका पुराना मोडलहरूका लागि ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ। गाडीको एयरब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न यो अभियान सञ्चालन गरिएको हो।
यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडलहरू प्रभावित भएका छन्। जसमा सिटी, सिभिक, सि.आर–भि, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्छन्। ग्राहकहरूले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होण्डाको आधिकारिक वेबसाइटमा गएर आफैँ पनि जाँच गर्न सक्नेछन्।
यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ। सर्भिस बुकिङ तथा थप जानकारीका लागि स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (होण्डा कार्स सर्भिस सेन्टर) मा सिधै कल गर्न वा इमेलमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण