कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागिएको ठुलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ।
- कुकुरको खाना भनी घोषणा गरिएको कार्गोमा 'क्लासिक, डबल बड्स, मेड इन इन्डिया', 'गोल्ड फ्लेक' र 'शिखर आइस रस' लेखिएको ६८ बण्डल चुरोट फेला परेको छ।
- कुल ६८ बण्डल चुरोटको अन्दाजी मूल्य दुई लाख ५७ हजार चार सय रुपैयाँ रहेको छ र बरामद चुरोट आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागिएको ठुलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले साेमबार बरामद गरेको छ।
विमानस्थल कार्गो कम्प्लेक्स भवनमा 'पिक एभिएसन प्रालि'का एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलियास्थित सौरभ भण्डारीको नाममा पठाउन लागिएको ३५ वटा कार्गो पोकामध्ये ३२ नम्बरको पोकामा उक्त अवैध चुरोट भेटिएको हो।
कागजातमा 'डग चिउ' (कुकुरको खाना) उल्लेख गरी भन्सार घोषणा नगरी अस्ट्रेलिया निर्यात गर्न लागिएको अवस्थामा एक्स-रे स्क्रिनिङमार्फत जाँच गर्दा कागजात अनुसारको सामान नभई अवैध चुरोट रहेको पाइएको थियो।
जाँचका क्रममा 'क्लासिक, डबल बड्स, मेड इन इन्डिया' लेखिएको ३४ बण्डल (३४० प्याकेट) भारतीय चुरोट, 'गोल्ड फ्लेक' नाम लेखिएको ३ बण्डल (३० प्याकेट) र 'शिखर आइस रस' नामक ३१ बण्डल (३१० प्याकेट) नेपाली चुरोट बरामद गरिएको छ। कुल ६८ बण्डल (६८० प्याकेट) चुरोटको जम्मा अन्दाजी मूल्य दुई लाख ५७ हजार चार सय रुपैयाँ रहेको छ।
बरामदगीपश्चात् सम्पूर्ण ३५ वटा कार्गो पोका नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण