कांग्रेस प्रवक्ता भन्छन् : असहमतिलाई मर्यादित रुपमा राख्नुपर्छ, नत्र पार्टीलाई न्याय हुँदैन
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको फरक मतलाई मर्यादित बनाउनुपर्ने बताए।
- उनले पार्टीभित्रको असहमतिले आत्मकेन्द्रित गतिविधि निम्त्याए पार्टीलाई न्याय नगर्ने बताए।
- प्रवक्ता चालिसेले महाधिवेशनको समयमा कार्यकर्ताको मन जित्न सकारात्मक ऊर्जाका साथ लाग्न आग्रह गरे।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक भए पनि त्यसलाई मर्यादित रुपमा संवादको परिधिभित्र राख्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जलमा प्रवक्ता चालिसेले पार्टीभित्रको असहमति यदि आत्मकेन्द्रित र समानान्तर गतिविधिमा परिणत भएमा त्यसले पार्टीलाई न्याय नगर्ने बताएका हुन् ।
प्रवक्ता चालिसेले लेखेका छन्, ‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ।’
चालिसेले नेतृत्वको बाटो विधानअनुसार खुला रहेको र पार्टीको अनुशासन सबैले पालना गर्नुपर्ने बताए। ‘नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ,’ चालिसेले भने।
उनले आज गरिने कर्मले भोलि आफैंलाई लज्जित नपार्ने गरी अघि बढ्न उनको आग्रह छ ।
शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले गरेको भेलालाई लक्षित गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण