देउवा–कोइराला समूहको बैठक भोलि पनि जारी रहने
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बुधबार (भोलि) पनि जारी रहने भएको छ ।
नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बैठक जारी राख्नेगरी आजका लागि सकिएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘आज नेताहरूले धारणा राख्ने क्रम सकिएन । त्यसैले भोलि पनि बैठक बस्नेगरी आजका लागि सकिएको छ । भोलि १ बजे बैठक पुनः बस्नेछ,’ खतिवडाले रातोपाटीसँग भनिन् ।
बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए । आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति निर्वाचनको समीक्षालगायतमा छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण