इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च
सारांश
- विज्ञहरूका अनुसार इरानसँगको युद्धले अमेरिकालाई दैनिक २ अर्ब डलरसम्म आर्थिक भार परेको छ।
- युद्धका कारण हतियार खर्च, सैन्य परिचालन, र सम्पत्ति क्षति शीर्षकमा अमेरिकाले अर्बौं डलर खर्च गरिसकेको छ।
- ह्वाइट हाउसले इरान युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ, जसले युद्ध लामो समयसम्म जारी रहने संकेत गर्छ।
वासिङ्टन डीसी । इरानसँगको युद्धका कारण अमेरिकालाई दैनिक झन्डै २ अर्ब डलरसम्म आर्थिक भार परेको हुनसक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी द्वन्द्वको आर्थिक प्रभाव अध्ययन गर्ने विशेषज्ञहरूले युद्धले अमेरिकी अर्थतन्त्रमा ठुलो दबाब सिर्जना गरिरहेको बताएका हुन् ।
ब्राउन विश्वविद्यालयस्थित युद्धको खर्च परियोजनाकी निर्देशक स्टेफनी साभेलका अनुसार हतियार खर्च, सैन्य परिचालन, अमेरिकी सम्पत्तिमा भएको क्षति तथा अन्य विभिन्न शीर्षकमा हालसम्म अमेरिकाले अर्बाैं डलर खर्च गरिसकेको छ । उनका अनुसार युद्ध जारी रहने हरेक दिनले सार्वजनिक ऋणमा ठुलो बोझ थपिरहेको छ ।
यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार युद्धको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड डलर खर्च भएको थियो । तर साभेलका अनुसार वास्तविक खर्च अझ बढी हुन सक्नेछ ।
त्यस्तै, हार्वार्ड विश्वविद्यालयकी रक्षा बजेट विशेषज्ञ लिन्डा बिल्मेसले पनि युद्धको दैनिक खर्च झन्डै २ अर्ब डलर पुगिसकेको बताएकी छिन् । विशेषज्ञहरूका अनुसार यस्तो उच्च खर्चको असर अन्ततः आम अमेरिकी नागरिकमै पर्नेछ । युद्धका कारण इन्धनको भाउमा उतार–चढाव आइरहेको छ भने यसको असरले महँगी बढेको छ ।
युद्धका कारण व्यापारिक अनिश्चितता तथा बीमा खर्चमा दीर्घकालीन असर पर्ने देखिएको छ । यसैबिच ह्वाइटले इरान युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ । साभेलका अनुसार यो अत्यन्त ठुलो रकम भएको र यसले युद्ध लामो समयसम्म जारी रहने सङ्केत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण