जुम्लामा सुक्खा पहिराे खस्दा तीन घरमा क्षति
बुधबार, १८ चैत २०८२, १२ : ३७
जुम्ला । हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति गरेको छ । मङ्गलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको छ ।
त्यसैगरी,स्थानीय नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको हिमा–६ वडाध्यक्ष उपराज अधिकारीले जानकारी दिए । पहिराले घरमा क्षति गरेका विस्थापित पीडितका घरपरिवार अहिले गाउँका स्थानीयवासीको घरमा बसेका छन् । वडाले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारदेखि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरे पनि सहयोग अहिलेसम्म नमिलेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।
यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छवटा घर पहिरोले बगाएको थियो । तर त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको वडाध्यक्षको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण