रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
रसुवा । हिमाली जिल्ला रसुवा पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा विकास हुँदै गएको छ। हिमाली चिसो पानीमा आधारित रेन्वो ट्राउट माछापालनले नयाँ आर्थिक सम्भावना खोलेको छ।
धुञ्चे नजिक इमरुङस्थित मत्स्य अनुसन्धान केन्द्रबाट उत्पादित माछाका भुरा दार्चुलासहित २७ भन्दा बढी जिल्लामा पुगेका छन्। परम्परागत रूपमा तराईमा सीमित मानिएको माछापालन हिमाली क्षेत्रमा पनि सम्भव रहेको प्रमाणित भएको छ।
२०७१ सालदेखि केन्द्रले व्यवस्थित रूपमा भुरा उत्पादन सुरु गरेको हो। अण्डा उत्पादन, भुरा वितरण र प्राविधिक तालिमसमेत उपलब्ध गराउँदै आएको केन्द्रले नागुङ, बोकेझुण्डा, सोले, ठुलोभार्खु, गतलाङलगायत क्षेत्रमा माछापालन विस्तार गरेको छ।
ट्राउट माछापालनले स्थानीय युवालाई रोजगारीको अवसर दिएको छ। उत्पादित अण्डा र भुरा भुटानसम्म निर्यात हुन थालेका छन्। हाल ट्राउटको माग र मूल्य दुवै बढ्दै गएका छन्।
९–११ डिग्रीसेल्सियस पानीमा भुरा उत्पादन र १४–१८ डिग्रीसेल्सियसमा पालन उपयुक्त मानिन्छ। त्रिशूली नदीको पानी प्रयोग गर्दै केन्द्रमा ६९ वटा पोखरी निर्माण गरिएको छ।
चालु आर्थिक वर्षमा एक लाख ११ हजारभन्दा बढी भुरा वितरण गरिएको छ। ट्राउट परिकारप्रति उपभोक्ताको आकर्षण बढ्दो छ। यो अभियानले कृषि विविधिकरण, रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान दिने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
-
गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण