गंगा नदीमा चिकेन बिरयानी फालेको आरोपमा पक्राउ परेका १४ जनाको जमानत याचिका खारेज
सारांश
- वाराणसीमा इफ्तार पार्टीपछि बचेको चिकन बिरयानी गंगा नदीमा फालेको आरोपमा १४ मुस्लिम युवक पक्राउ परे।
- सेसन कोर्टले उनीहरूको जमानत याचिका खारेज गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले कार्य गरेको जनायो।
- अदालतले धार्मिक भावना भड्काउने र सामाजिक सञ्जालमा फैलाएको घटनालाई गम्भीर अपराधको रूपमा लिएको छ।
काठमाडौँ । इफ्तार पार्टीपछि बचेको चिकेन बिरयानी गंगा नदीमा फालेको आरोपमा पक्राउ परेका सबै १४ मुस्लिम युवकलाई भारतको वाराणसीस्थित सेसन कोर्टले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बुधबार अदालतले उनीहरूको जमानत याचिका खारेज गरिदिएको हो ।
भारतीय समाचार माध्यमहरूका अनुसार, अदालतले आफ्नो आदेशमा भनेको छ, ‘घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नुले यो कार्य सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले गरिएको थियो भन्ने कुरा प्रथम दृष्टिमै प्रमाणित गर्दछ ।’
अदालतले थप भनेको छ, ‘धार्मिक भावना भड्काउनु र त्यसलाई सामाजिक सञ्जालमार्फत प्रसारित गर्नुले अपराधको गम्भीरतालाई अझ बढाउँछ। इफ्तारपछि इद र अन्य चाडपर्वहरू मनाइँदै छ भन्ने तथ्यलाई पनि नकार्न सकिँदैन ।’
यो कारबाही वाराणसीको कोतवाली प्रहरी थानामा गत मार्च १६ मा दिइएको एक उजुरीको आधारमा अघि बढाइएको थियो । भारतीय जनता युवा मोर्चाका नगर अध्यक्ष रजत जायसवालले दिएको उजुरीपछि प्रहरीले सुरुमा अज्ञात व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरी अनुसन्धान थालेको थियो । सोही अनुसन्धानका आधारमा यी १४ युवकलाई पक्राउ गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण