पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठसँग ५ लाख धरौटी माग्ने आदेश
बिहीबार, १९ चैत २०८२, १७ : २६
सारांश
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
- अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर श्रेष्ठ रिहा भइसकेका छन्।
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठसँग ५ लाख धरौटी माग्ने आदेश दिएको हो ।
अदालतको आदेश लगतै श्रेष्ठ धरौटी बुझाएर रिहा भइसकेका अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । ‘उहाँसँग ५ लाख रुपैयाँ धरौटी रकम माग भएको थियो । उक्त रकम बुझाएर उहाँ गइसक्नभयो,’ उनले भने । बिहीबार श्रेष्ठ अदालतमा उपस्थित भएका थिए ।अख्तियारले उनीलगायत विरुद्ध गत मङ्सिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण