सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान

शुक्रबार, २० चैत २०८२, ०७ : ३४
शुक्रबार, २० चैत २०८२

सारांश

  • पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीको उद्धारका लागि सरकारले आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान सञ्चालन गर्ने भएको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा अप्रिल ३ देखि ५ सम्म दुबई र दमामका लागि विशेष उडानको तालिका सार्वजनिक गरिएको छ।

काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ। 

परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो। 

पश्चिम एसियाको तनावका कारण गत २८ फेब्रुअरीदेखि नै त्यस क्षेत्रका नियमित उडानहरू स्थगित रहेका थिए। नेपालीहरूको समस्यालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ।

उडान तालिकामा (आज) ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे) रहेका छन् । 

यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप