राष्ट्र बैंकले गर्यो दुई मनि चेन्जरको लाइसेन्स रद्द
शुक्रबार, २० चैत २०८२, १४ : ०१
सारांश
- नेपाल राष्ट्र बैंकले दुई मनि चेन्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ।
- अमृत लक्ष्मी मनि चेन्जर र सुपर फाइन मनि चेन्जरले समयमा अनुमतिपत्र नवीकरण नगरेकाले खारेज गरिएको हो।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।
दुवै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ । दुवै कम्पनी मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
-
‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
-
साथमा सन्तान नभए पनि वृद्धवृद्धालाई एक्लिन नदिने प्रयास गरिरहेछ केरला
-
सशस्त्रले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण