रासायनिक मलको मूल्य वृद्धि हुनसक्छ : परराष्ट्र मन्त्रालय
सारांश
- पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको मूल्य वृद्धि हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
- युद्धका कारण मलको आपूर्तिमा समस्या देखिएकाले रोपाइँको समयमा अभाव हुनसक्ने कृषि मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको मूल्य वृद्धि हुनसक्ने देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कुन रूपमा मूल्य वृद्धि हुने भनि हालसम्म स्पष्ट नरहेपनि त्यहाँको अवस्था हेर्दा रासायनिक मलको पनि समस्या हुन सक्ने बताइयो ।
यसबारेमा मन्त्रालयको तर्फबाट बुझ्ने काम भइरहेको पनि प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनका क्रममा बताए । उसो त इरान–इजरायल द्वन्द्व हुनुअघि नै मलको मूल्य वृद्धि हुने कुरा भएको थियो । अब अवस्था असहज भएकाले मूल्यवृद्धि हुने र अभाव नै हुने हुनसक्ने कतिपयको आशङ्का छ । केही दिनअघि इरानले इजरायलको एउटा रासायनिक प्लान्टमा मिसाइल आक्रमण गरेको थियो ।
नेपालमा भित्रिने अधिकांश मल भियतनाम, चीनलगायत पश्चिम एसियाली देशबाट आउने गरेको छ । युद्धका कारण आपूर्तिमा समस्या देखिएको छ । त्यसले गर्दा रोपाइको समयमा मलको समस्या हुने सकिने कृषि मन्त्रालयका अधिकारीहरू पनि बताउँछन् ।
कृषि मन्त्रालय स्रोतका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा डिएपी मलको मूल्य प्रति टन करिब ९०० देखि ९८० अमेरिकी डलर रहेको छ भने युरियाको मूल्य ७५० देखि ८५० डलर रहेको छ ।
सामान्य अवस्थामा रासायनिक मलको मूल्य प्रतिटन ४५० देखि ६०० डलरसम्म हुने गर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण