‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिए ।
विज्ञप्तिमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ । तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन बोर्डसँ आबद्ध सङ्घसंस्थाले देहायको मापदण्डअनुसार प्रचारप्रसार सामग्री कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण