नापी कार्यालयबाट सेवाग्राही ठग्ने दुई जना बिचौलिया पक्राउ
सारांश
- रूपन्देहीको नापी कार्यालय भैरहवामा सेवाग्राहीलाई ठगी गर्ने दुई जना बिचौलिया पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ओमसतियाका शिव नारायण कुर्मी र रोहिणीका सुरेन्द्र मल्लाह रहेका छन्।
- प्रहरीले विशेष अपरेसनमार्फत उनीहरूलाई कार्यालय हाताबाटै रङ्गेहात नियन्त्रणमा लिएको हो।
रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीलाई ठगी गर्ने दुई जना बिचौलिया प्रहरीको फन्दामा परेका छन्। नापी कार्यालयमा काम लिएर आउने सर्वसाधारणलाई छिटोछरितो काम गरिदिने प्रलोभन देखाएर बढी शुल्क असुल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनीहरूलाई पक्राउ गरेको हो ।
सरकारी कार्यालयमा हुने विचौलियाको सक्रियतालाई निरुत्साहित गर्न प्रहरीले चलाएको विशेष अपरेसनका क्रममा यी व्यक्तिहरू रङ्गेहात भेटिएका हुन्। पक्राउ पर्नेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नं.३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका वडा नं.३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् ।
शुक्रबार नापी कार्यालय हाताबाटै खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण