दुर्गा प्रसाईले गरे सरकारको प्रशंसाः भने, ‘म आफैँ प्रधानमन्त्री भएको महसुस गर्दै छु'
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकारले भ्रष्टाचार र तस्करी विरुद्ध चालेका कदमहरूको प्रशंसा गरेका छन्।
- प्रसाईंले विगत चार वर्षदेखि आफूले उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अघि बढाउँदा आफूलाई प्रधानमन्त्री भएको अनुभूति भएको बताएका छन्।
- उनले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै नागरिकहरूलाई यस कार्यमा साथ दिन आग्रह गरेका छन्।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले चालेका भ्रष्टाचार, तस्करी र बिचौलिया विरुद्धका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको’ अनुभूति भएको बताएका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै प्रसाईले आफूले विगत चार वर्षदेखि उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अगाडि बढाएकोमा खुसी व्यक्त गरेका हुन् ।
प्रसाईले भिडियोमा भनेका छन्, 'विगत चार वर्षदेखि मैले निरन्तर रुपमा देशका तस्करहरू, भ्रष्टाचारीहरूको विषयमा सडकमा ३०० इन्चका एलइडी लगाएर भिडियो सार्वजनिक गरेँ । जुम्लासम्म पनि १० लाख खर्च गरेर तस्करहरूको फोटो सार्वजनिक गरेँ ।' उनले सोही कार्य गर्दा आफूलाई तत्कालीन सरकारले पटक–पटक थुनेको पनि दाबी गरे ।
उनले देशका १६ मारवाडी परिवार र १० नेपाली बिचौलिया दलाल परिवारले मिलेर बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तदेखि विदेशबाट आउने रेमिटेन्ससम्म कब्जा गरेर देशलाई सखाप पारेको आरोप लगाए ।
हालै गृहमन्त्री र बालेन सरकारले चलाएको 'अपरेसन'ले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । 'मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले जुन तरिकाले अघि बढाउनुभएको छ, पक्रिनुभएको छ, कारबाही गर्नुभएको छ, मलाई खुसी लागेको छ,' उनले भने ।
उनले यो अभियानमा सम्पूर्ण नेपालीहरूले सरकारलाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।
यद्यपि, सरकारका सबै काममा आफ्नो समर्थन नरहेको उनले स्पष्ट पारे । एसपीपी, आईपीएस, तिब्बतीहरूलाई नागरिकता दिने र अमेरिकी सेनालाई नेपालमा प्रवेश गराउने जस्ता विषयमा भने आफ्नो विमति रहेको उनको भनाइ थियो ।
भिडियोको अन्त्यमा उनले आफूले विगतमा सार्वजनिक गरेका केही व्यवसायी र समूहहरूको तस्बिर तथा विवरणहरू समेत संलग्न गरेका छन्, जसमा पवन गोल्यान, विशाल ग्रुप, शेखर गोल्छा, अरुण सराफ, दीपक भट्ट, लगायतका व्यक्ति तथा समूहहरूको नाम उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण