हालान्डको ह्याट्रिकमा सिटीको शानदार जित, लिभरपुल बाहिरियो
सारांश
- अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको छ।
- यो जितसँगै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
लन्डन । स्टार फरवार्ड अर्लिङ हालान्डको उत्कृष्ट ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले चिर प्रतिद्वन्द्वी लिभरपुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार दिउँसो भएको क्वाटरफाइनल खेलमा सिटीले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्यो । खेलको ३९औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि सिटीले आफ्नो आक्रामक खेल जारी राख्यो । ५०औँ मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीको अग्रता ३–० पुर्याए । त्यसको ७ मिनेटपछि, खेलको ५७ औं मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलमा फर्कने प्रयासमा रहेको लिभरपुलले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएको थियो । तर, स्टार खेलाडी मोहम्मद सलाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्, जसले गर्दा लिभरपुलको पुनरागमनको सम्भावना समाप्त भयो ।
प्रभावशाली जितसँगै सिटीले एफए कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ भने लिभरपुलको यात्रा क्वाटरफाइनलबाटै समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण