नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय
सारांश
- सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ नियमावली बनाउने निर्णय गरेको छ ।
- संसद्को कामकारबाहीलाई डिजिटल बनाउने र २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने सहमति भएको छ ।
काठमाडौँ । सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो । यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए ।
त्यस्तै बैठकले संसद्को कामकारबाहीलाई डिजिटल बनाउँदै लैजाने र तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय गरेको छ भने सवै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाइने बरालले बताए ।
उनले संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा एमालेले सदनमार्फत आवाज उठाउने बताए । कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने भन्दै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने धारणा राखे ।
त्यस्तै एमाले सांसद बरालले सरकार संविधान र कानूनभन्दा बाहिर गएर सदनबाट प्रतिवाद गर्ने समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण