महिन्द्राको २–टन भार क्षमताको ‘बोलेरो म्याक्स पिक–अप’ सुर्खेतमा सार्वजनिक
सारांश
- महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले सुर्खेतमा २-टन क्षमताको नयाँ बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरेको छ।
- यो गाडी HD 1.7 LX र HD 2.0L SXi गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ।
- नयाँ प्लेटफर्ममा निर्माण गरिएको यो पिक-अपले निर्माण सामग्री र कृषि क्षेत्रको ढुवानीलाई थप सहज बनाउने कम्पनीले जनाएको छ।
सुर्खेत । महिन्द्राका पिक–अप तथा कमर्सियल युटिलिटी गाडीहरूको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले सुर्खेतमा एक विशेष समारोहका बीच नयाँ बोलेरो म्याक्स पिक–अप सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–१२, पदमपुरस्थित महिन्द्रा शोरूममा आयोजित कार्यक्रममा नेपालकै पहिलो र एकमात्र २–टन भार क्षमता भएको यस पिक–अपलाई आधिकारिक रूपमा बजारमा ल्याइएको हो ।
भिजिट कर्णाली यातायात प्रा.लि.का अध्यक्ष प्रकाश कुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका कन्ट्री म्यानेजर महेश ठकुरी, अग्नि ग्रुपका पिक–अप प्रोडक्ट हेड रोशन श्रेष्ठ, एसयूभी म्यानेजर गोकुल खरेल र स्थानीय शोरूम म्यानेजर जय सिंह साउद लगायत स्थानीय ग्राहक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीले यो पिक–अपलाई ‘HD 1.7 LX’ र ‘HD 2.0L SXi’ गरी दुईवटा हेभी–ड्युटी भेरियन्टमा उपलब्ध गराएको छ । मूल्यका हिसाबले HD 1.7 LX भेरियन्टको सुरुवाती मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने HD 2.0L SXi को मूल्य ३२ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ । यी भेरियन्टहरू सामान्य ढुवानीदेखि अन्तर–सहर ढुवानीका लागि समेत उपयुक्त हुने बताइएको छ ।
बोलेरो म्याक्स पिक–अप पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको छ, जसले बोलेरोको प्रसिद्ध मजबुती, कम मर्मत खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गरेको छ । यसमा महिन्द्राको अत्याधुनिक ‘m2Di’ इन्जिन जडान गरिएको छ र यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ । विशेष गरी HD 2.0L भेरियन्टमा श्रेणीकै पहिलो १० फिट लामो कार्गो बेड (ढाला) उपलब्ध छ, जसले गर्दा निर्माण सामग्री, कृषि र मत्स्यपालन जस्ता क्षेत्रका लागि यो गाडी ‘सेगमेन्ट लिडर’ बन्ने कम्पनीको दाबी छ ।
सार्वजनिकिकरणका क्रममा ब्रान्ड प्रतिनिधिहरूले बोलेरो म्याक्सले नेपालको भौगोलिक विविधता र उबडखाबड सडकहरूमा ढुवानी सेवालाई थप सुरक्षित र कार्यकुशल बनाउने विश्वास व्यक्त गरे ।
गाडीको संरचनालाई मजबुत बनाउन ‘सिङ्गल–पिस बडी साइड आउटर’ (BSO) र ‘हाई–स्ट्रेन्थ लो–एलोय’ पार्टपुर्जाहरूको प्रयोग गरिएको छ, जसले गाडीको टिकाउपन सुनिश्चित गर्दछ ।
सुर्खेतमा सार्वजनिक गरिएको यो पिक–अपलाई लगत्तै नेपालका अन्य मुख्य व्यापारिक सहरहरूमा पनि विस्तार गरिने अग्नि ग्रुपले जनाएको छ । यो नयाँ गाडीले नेपालको बढ्दो लजिस्टिक आवश्यकतालाई सम्बोधन गर्दै साना कमर्सियल गाडीको बजारमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण