सकियो रेखाको ‘माया भनेकै यस्तो होला’को छायाङ्कन
सारांश
- अभिनेत्री रेखा थापाद्वारा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'को छायाङ्कन २७ दिनमा सकिएको छ।
- यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
- प्रेमकथामा आधारित यस फिल्मले सामाजिक भावनालाई उठान गर्ने निर्माण युनिटले जनाएको छ।
काठमाडौँ । फिल्म ‘माया भनेकै यस्तो होला’को सुटिङ सकिएको छ । फिल्मको छायाङ्कन आइतबार साँझबाट सकिएको हो । २७ औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।
अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ भने फिल्मको विशेष भूमिकामा अर्की मिस नेपाल उषा खड्गी पनि रहेकी छिन् । फिल्मका अन्य कलाकारहरूमा लक्ष्मी गिरी, विशाल पहाडी, सङ्गम भण्डारी, रवि डंगोल बेमान , सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको पनि अभिनय छ ।
हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ । ध्रुव लम्सालको लेखन र सुदीप बरालको छायाङ्कन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सङ्गीतमा प्रशान्त सिवाकोटी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण