कांग्रेसका प्रमुख सचेतक विधायन व्यवस्थापन समिति सभापति
सारांश
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्।
- समितिको बैठकले नेपाली कांग्रेसका प्रमुख सचेतक रोकायालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो।
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका प्रमुख सचेतक रोकायालाई सभापतिमा चयन गरेको हो ।
बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
समिति सभापतिमा सर्वसम्मत भएपछि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘मैले आफ्नो यो कार्यकालमा जसरी विश्वास गरेर माननीयज्युहरुले पठाउनुभएको छ । समितिको कार्यकालभरि म कसैप्रति पनि कुनै प्रकारको आग्रह नराखीकन पार्टीभन्दा माथि उठेर यो विधायन समितिलाई अझ गरिमामय बनाउने, राष्ट्रिय सभाको गरिमालाई बचाउने तथा निष्पक्ष भूमिका मेरो तर्फबाट हुनेछ ।’
समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण