महँगीको मारमा परेका चालकलाई इनड्राइभको राहत : २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा
काठमाडौँ । नेपालमा बढ्दो इन्धनको मूल्य र चर्को महँगीबाट गुज्रिरहेका राइडरहरूलाई राहत दिन इनड्राइभले २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ ।
विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले आफ्ना ड्राइभर पार्टनरहरूको आर्थिक भार कम गर्ने र उनीहरूको आम्दानीलाई स्थिर बनाउने लक्ष्यका साथ यो ठुलो सहयोग प्याकेज ल्याएको हो ।
पछिल्लो समय नेपालमा राइड–हेलिङ सेवा हजारौँ मानिसका लागि रोजगारीको मुख्य आधार बनेको छ। तर, इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाउँदा दैनिक हातमुख जोर्नै धौ–धौ परिरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले यो कदम चालेको हो । एकातिर चालकको खर्च बढ्ने र अर्कोतिर यात्रुहरू भाडा वृद्धिप्रति असन्तुष्ट हुने दोहोरो चुनौतीलाई सम्बोधन गर्न इनड्राइभले सन्तुलित बाटो रोजेको देखिन्छ।
कम्पनीका अनुसार यो इन्धन सहयोग कार्यक्रम आगामी २०८३ वैशाख २ गतेदेखि आधिकारिक रूपमा लागू हुनेछ । यस पहलले चालकहरूको खल्तीमा पर्ने दबाब घटाउनुका साथै यात्रुहरूलाई थप आर्थिक भार नपारी सेवालाई सुचारु राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । इनड्राइभरले बजारको माग र आवश्यकता अनुसार चालकहरूको दिगोपनका लागि यस्ता व्यवहारिक समाधान ल्याइरहने प्रतिबद्धता समेत जनाएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले बढ्दो लागतले चालकको आम्दानीमा पारेको असरप्रति चासो व्यक्त गर्दै प्लेटफर्मको मुख्य उद्देश्य नै चालकलाई सशक्त बनाउनु रहेको बताइन्। उनले दीर्घकालीन रूपमा चालक र यात्रु दुवैका लागि न्यायोचित प्रणाली निर्माण गर्न कम्पनी प्रतिबद्ध रहेको समेत उल्लेख गरिन् ।
यसबाहेक इनड्राइभले अन्य राइड–हेलिङ कम्पनीको तुलनामा न्यून सेवा शुल्क लिने र चालकको कार्यसम्पादनका आधारमा विभिन्न प्रोत्साहन भत्ता तथा पुरस्कारहरू प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण