मन्त्री र सांसदले आफ्ना आफन्तलाई पदमा नियुक्त गरेको सुन्न नपरोस् : सांसद महावीर पुन
सारांश
- सांसद महावीर पुनले नेपालको शासन प्रणालीमा नातावाद र कृपावादजस्ता विकृतिले नकारात्मक प्रभाव पारेको धारणा राखेका छन्।
- उनले मन्त्री र सांसदहरूलाई आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्न कडा आग्रह गरेका छन्।
- सांसद पुनले गुल्मीलाई हिमाली जिल्लाको सेवा–सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे। फरक प्रसङ्गमा बोल्दै उनले गुल्मी जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘गुल्मी जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरिएको रहेछ। तर हिमाली जिल्लाले पाउने सुविधाहरू केही पनि त्यहाँ पुगेको रहेनछ। हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन अनुरोध गर्दछु। साथै म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्। यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो। यो भाइरसले अझै पनि छोडेको छैन। आगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण