मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कारागारहरूको बेथितिबारे छानबिन गर्न माग

बुधबार, २५ चैत २०८२, १६ : ३८
बुधबार, २५ चैत २०८२

सारांश

  • नेपाल विद्यार्थी सङ्घले देशभरका कारागारमा भइरहेको अनियमितता र भ्रष्टाचारबारे छानबिनको माग गर्दै कारागार विभागमा ध्यानाकर्षण पत्र पेस गरेको छ।
  • कारागारमा कैदीबन्दीबाट आर्थिक असुली, औषधि उपचारमा लापरबाही र नाइके चयनमा आर्थिक चलखेल भइरहेको सङ्घको आरोप छ।
  • दोषी कर्मचारीलाई कारबाही गर्न र कारागार ऐन २०७९ को पालना गर्न सङ्घले जोड दिएको छ।

काठमाडौँ । देशभरका कारागारमा भइरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिले कारागार विभागलाई ध्यानाकर्षण पत्र पेस गरेको छ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले देशभरका कारागारहरूमा देखिएको चरम बेथिति, अनियमितता र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै आज कारागार विभागका महानिर्देशकसमक्ष ध्यानाकर्षण पत्र पेस गरेको छ । 

नेविसंघका केन्द्रीय सदस्य बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका कारागारहरूमा कैदी बन्दीहरूको आधारभूत अधिकारसमेत हनन् हुने गरी विभिन्न अनियमितता भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । 

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार काठमाडौँस्थित जगन्नाथदेवल कारागारसहित विभिन्न जेलमा कैदी बन्दीहरूबाट अनावश्यक रूपमा आर्थिक असुली गर्ने, औषधि उपचारमा लापरबाही, मानसिक रोगी तथा बिरामी कैदी बन्दीहरूको रकम हिनामिना गर्ने, बन्दीहरूको उचित व्यवस्थापनमा कमजोरी, र नाइके सहनाइके चयन प्रक्रियामा समेत आर्थिक चलखेल भइरहेको आरोप लगाइएको छ । 

नेविसंघले यस्ता गतिविधिमा संलग्न कर्मचारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन, सम्बन्धित कर्मचारीहरूको बैंक खाता छानबिन गर्न तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरेको छ। साथै, दोषी प्रमाणित हुनेहरूलाई प्रचलित कानुनअनुसार कडा र उदाहरणीय कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, कारागार ऐन २०७९ बमोजिम गम्भीर फौजदारी अभियोग लागेका कैदीबन्दीलाई चौकीदार, नाइके वा सहनाइके नबनाउन पनि सङ्घले स्पष्ट माग अघि सारेको छ। कैदीबन्दीबाट नाइके सहनाइके बनाइदिन्छु भन्दै असुली गरिएको रकम तत्काल फिर्ता गरिनुपर्ने मागसमेत गरिएको छ । 

नेविसंघले चेतावनी दिँदै भनेको छ, ‘यदि यस्ता गम्भीर विषयमा सरोकारवाला निकायले तत्काल ठोस कदम चालिएन भने कैदी बन्दीहरूको मानवअधिकार संरक्षणका लागि कडा कदम चाल्न नेविसंघ बाध्य हुनेछ ।’ 

उक्त कार्यक्रममा बोल्दै सीटीईभीटीका केन्द्रीय अध्यक्ष कुम्भराज देउवाले भने देशभरका कैदीबन्दीको रसद पानी खर्च र औषधी उपचारको खर्चमा समेत गिद्धेनजर लगाउने भ्रष्टहरुलाई कानुनी कारबाही नभए नेविसंघले उचित कारबाही गर्ने समेत बताएका थिए । विभागीय प्रमुखले आफ्नो जिम्मेवारी निर्वाह नगरे गृहमन्त्री सुधन गुरुङ समक्ष ध्यानाकृष्ट गराउने तयारी नेविसंघले गरेको छ ।

668930223_1320167986831813_2751710490692845240_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप